५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मिडियाको लागि बाणगंगाले छुट्यायो झण्डै ‘आधा करोड’ बजेट



मायादेवी अनलाइन, चारनम्बर । कपिलवस्तुको बाणगंगा नगरपालिकाले मिडियाको लागि झण्डै आधा करोड बजेट बिनियोजन गरेको छ । आगामी आर्थिक बर्ष २०७९ ८० को लागि बजेट बिनियोजन हुने क्रममा नगरभित्रका मिडिया ब्यवस्थापन तथा अन्य सूचना, समाचार विज्ञापन प्रसारणको लागि नगरपालिकाले सो बजेट छुट्याएको हो ।

शुक्रबार एघारौँ नगरसभामा प्रस्तुत भएको बजेट पुस्तिकामा भनिएको छ ‘नगरभित्रका टेलिभिजन, दैनिक, साप्ताहिक पत्रिका, सामुदायिक रेडियो, अनलाइन मिडियाको समन्वयमा नगर गतिविधि प्रचार प्रसार गर्न तथा समन्वय गर्नको लागि रु १७ लाख र बिभिन्न मिडियाहरुको ब्यवस्थापन एवम् पत्रकार महासंघको भौतिक संरचना निर्माण गर्न लगायत कार्यको लागि ३० लाख बजेट बिनियोजन गरिएको छ ।’

पहिलो स्थानीय तहको कार्यकालमा मिडिया बजेट कम भयो भन्ने गुनासो रहँदै आएकोमा यसपटक भने नगरप्रमुख चक्रपाणी अर्याल मिडियाप्रति उदार हुनुभएको हो । ‘मिडिया मुलुकका चौथो अंग हुन् । उनीहरुको व्यवस्थापन पनि स्थानीय सरकारको दायित्व हो । त्यसकारण अहिले मिडियामैत्रीबजेट ल्याएका छौँ’, नगरप्रमुख अर्यालले मायादेवी अनलाइनसंग भन्नुभयो ।

प्रकाशित मिति : १७ असार २०७९ शुक्रबार ००:००  ६ : २२ बजे