१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

बालबालिकाका लागि २४ लाख मात्रा खोप आइपुग्यो



काठमाडौं ।

कोरोनाभाइरसविरुद्धको थप करिब २४ लाख मात्रा फाइजर खोप आइपुगेको छ । कोभ्याक्स सुविधामार्फत २३ लाख ९९ हजार ३०० मात्रा पेडियाट्रिक डोज खोप आइतबार आइपुगेको स्वास्थ्य सेवा विभाग आपूर्ति शाखाका प्रमुख डा सुरेन्द्र चौरसियाले जानकारी दिए ।

यो खोप हाल अभियान जारी रहेको देशका २७ जिल्लामा पठाइने उनले बताए । खोप अभियान सञ्चालन गरिएका २७ जिल्लाका पहिलो मात्रा लगाउन छुटेका बालबालिकालाई समेत यो खोप दिइनेछ । यो खोप माइनस ७० डिग्री सम्मको तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ । सरकारले आफ्नो क्षमता अनुसार क्रमशः खोप मगाउने जाने उनले बताए । यसअघि सरकारले ६ असारमा पनि २२ लाख मात्रा खोप प्राप्त गरेको थियो ।

प्रकाशित मिति : १९ असार २०७९ आइतबार ००:००  १२ : ०० बजे