२ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025

१५ दिन भित्र पासपोर्ट जिल्लामा पुग्छ,काठमाडौं आउन पर्दैन : राहदानी विभाग



काठमाण्डौ ।

राहदानी विभागले सधैँ बढीभन्दा बढी सेवाग्राहीलाई सेवा दिन तत्पर रहेको जनाउँदै सोही अनुरूप काम गरिरहेको जनाएको छ । विभागले जिल्ला प्रशासन कार्यालयहरूबाट आवेदन भएका राहदानीहरू प्रत्येक हप्ता प्रिन्ट गरी पठाउने व्यवस्था गरेको जनाएको छ । विभागले एक सूचना जारी गर्दै अत्यावश्यकबाहेक पासपोर्ट बनाउन काठमाडौं नआउनसमेत अनुरोध गरेको छ ।

उपत्यकाभित्रका जिल्ला र काभ्रेमा आवेदन गर्नेहरूले १ हप्ता भित्रमा र अन्य जिल्लाको हकमा १० देखि १५ दिन भित्र राहदानी प्राप्त गर्ने सुनिश्चितता मिलाइएको विभागले जनाएको छ ।

‘अत्यन्त जरुरी परेका सेवाग्राहीहरूले राहदानी विभागमा आवेदन गर्नुहुन र अन्य कम जरुरी हुनेले आफ्नो सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाटै सहज रूपमा राहदानी प्राप्त गर्न सकिने हुँदा सो सेवा लिनु हुन सेवाग्राहीमा अनुरोध छ,’ विभागले सूचनामा भनेको छ ।

प्रकाशित मिति : १९ असार २०७९ आइतबार ००:००  २ : ३३ बजे