मायादेवी अनलाइन, जितपुर ।
कपिलवस्तुमा लागु औषधसहित ३ जना पक्राउ परेका छन् । जिल्लाको मायादेवी गाउँपालिकाका विभिन्न स्थानमा चेकजाचको क्रममा ३ जना पक्राउ परेका हुन् । असार १८ गते शनिबार अपहन ४ः३० बजे जिल्लाको मायादेवी गाउँपालिका ४ चाकरचौडाबाट लागु औषधसहित २ जना पक्राउ परेका हुन् ।
प्रहरीले चेकजाँचको क्रममा सिमानाका स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको मोटरसाईकलमा वाणगंगा १ वैरीयाका २४ वर्षका राजन विक र सोही मोटरसाईकलको पछाडी सवार कपिलवस्तु वाणगंगा २ राजपुरकी २४ बर्षीया सोनाक्सी गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।
शंका लागि चेकजाँच गर्दा उनीहरुको साथबाट लागु औषध स्पासमो ४१ ट्याब्लेट र नाइट्रोभेट ४६ ट्याब्लेट फेला पारिएको प्रहरी उपरीक्षक दान बहादुर कार्कीले जानकारी दिनुभयो ।
दुवै जनालाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भईरहेको छ । यस्तै गत शनिबार मायादेवी गा.पा.४ चाकरचौडा वोर्डरबाट अर्का एकजना लागु औषधसहित पक्राउ परेका छन् ।
भारतबाट नेपाल तर्फ पैदल आउदै गरेको रुपन्देही वुटवल उप–महानगरपालिका वडा नं.९ दिपनगर बस्ने २० वर्षका आशमान थापालाई शंका लागि चेकजाँच गर्दा उनको साथबाट लागु औषध स्पास्मो– २२ चक्की ,नाइट्रोभेट–३९ चक्की र कोरेक्स २ सिसी फेला पारिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया