बुटवल ।
पूर्व उपप्रधान तथा गृहमन्त्री विष्णु पौडेलले विकासका काममा भद्दा राजनीति नगर्न आग्रह गरेका छन् । कुनै पनि दलको राजनीतिक स्वार्थले विकास निर्माणको काममा अबरोध हुन नहुने उनले बताए । बुटवलको तिनाउ(दानव करिडोरमा यस्तै प्रकारको राजनीति भएको दृष्टान्त प्रस्तुत गर्दै उनले यहाँका सबै नागरिकले माग गरेर मात्र यो आयोजा बनाएको दाबी गरे ।
बुटवल सैनामैना जोड्ने दानब नदी पुल कर्साघाट को सोमबार उद्घाटन गर्दै एमाले उपाध्यक्ष समेत रहेका पौडेलले विकासका लागि सबै एक ठाउँमा उभीनु पर्नेमा जोड दिए । तिनाउ(दानव नदी करिडोरको विषयमा जनतालाई भ्रम सिर्जना गर्ने काम भएको बताउँदै उनले उक्त करिडोर निर्माणमा अबरोध भएकोप्रति चिन्ता व्यक्त गरे । ‘करिडोरमा नदीको बहाव क्षेत्र छोडेर सडक बनमउने हो, किनारमा बसेकाहरुलाई जवर्जस्त हटाउने हैन, अझ राम्रो ठाउँमा पूर्बाधार विकास गरेर स्थानान्तरण गर्ने हो ।’(सञ्चारकर्मीहरुलाई समेत सही सूचना सम्प्रेसण गर्न आग्रह गर्दै पौडेलले भने । ‘दुबै किनारमा करिडोर गराउँदा यो ठाउँ कहाँ पुग्ला रु तँपाईहरू कल्पना गर्नुस् ‘(उनले प्रश्न गरे। बिकासको कुरा गर्दा रूपन्देही जिल्ला मात्र नभई सिङ्गो लुम्बिनी प्रदेशनै अब्बल भएको दाबी गर्दै विकासको मोडल हेर्न आउनेहरूका लागि रूपन्देही मानक बनेको समेत दाबी गरे ।
‘भैरहवा एयरपोर्टको दोश्रो चरणको कामको पूरा तयारी भएको छ, तिनाउमा सिग्नेचर ब्रृज बन्दै छ, गोरूसिंगेसम्मको सडक चौडा बन्दैछ । केही हप्तामा टेण्डर हुँदैछ।’( पौडेलले भने, ‘बिकासका प्रश्नमा जनताले साथ दिनुस् हामी पूरा गर्छौ ।’
बुटवल(१५ र सैनामैना(१ लाई जोड्नेगरी १२७ मिटर लामो पुलको एमाले उपाध्यक्ष पौडेलले उद्घाटन गरेका हुन् । ११ मिटर चौडा रहेको उक्त पुल ३ वटा स्यालबमा पाइल फाउण्डेशन प्रविधिमा निर्माण गरिएको हो । संघीय सरकारको लगानीमा २०७४ असार २९ गते कार्य सम्झौता भएको यो आयोजनाको कोरोना महामारीले असर गर्दा २०७८ पौष ३० गते पुन म्याद थप गरिएको थियो । कुल १६ करोड ६० लाख ४७३ लागत अनुमान गरिएको योजनाका लागि अर्घाखाँचीरबबुल जेभीसँग १३ करोड ९० लाख ३६ हजार ८०९ रुपैयामा ठेक्का सम्झौता भई काम सम्पन्न भएको थियो ।







प्रतिक्रिया