१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

वाणगंगामा दुई मोटरसाइकल आपसमा ठोकिँदा एकको मृत्यु



मायादेवी अनलाइन, जितपुर ।

कपिलवस्तुमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु भएको छ । जिल्लाको वाणगङ्गा नगरपालिका ७ कोइली बनगाइमा आइतबार दिउँसो दुई मोटरसाइकल एक आपसमा ठोक्किएका थिए ।

दुर्घटनामा अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा नम्बर ४ धारापानी साना औवलका ४५ बर्षीय कृष्ण बहादुर खत्रीको मृत्यु भएको छ।

बिहान करिब ११ :३० बजेको समयमा पूर्व-पश्चिम राजमार्ग कपिलबस्तुको कोइली बनगाई नजिकै बुटवलबाट पश्चिम तर्फ आईरहेको मोटरसाइकल र पश्चिम अर्घाखाँचीबाट पुर्व तर्फ गईरहेको लु ६प ९८९० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँएका थिए ।

दुर्घटनामा गम्भीर घाइते कृष्ण बहादुर खत्रीको बुटवल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यलय पिपराले जनाएको छ ।

मृतक कृष्ण बहादुर खत्री लामो समयदेखि धारापानी स्वास्थ्य चौकीमा कार्यरत रहेको बुझिएको छ। यस्तै ठक्कर दिने मोटरसाइकल चालक अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ८ पकलेका इश्वरी थापा रहेको प्रहरीले जानकारी दिएको छ।

मोटरसाइकल चालक इश्वरी थापाका दुई वटा हात भाच्चिँएको र उनको उपचार भैरहेको छ । दुर्घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० असार २०७९ सोमबार ००:००  ६ : २० बजे