१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

गुल्मीमा चट्याङ्ग लागेर एक बालकको मृत्यु



गुल्मी ।
गुल्मीको अग्लुङ्ग नेपाने गाउँमा आज बिहान चट्याङ्ग लागेर एक बालकको ज्यान गएको छ । मदाने गाउँपालिका-१ मा पर्ने दिगाउँका गुन्जमान विष्टका १४ वर्षीय छोरा चन्द विष्टको चट्याङ्ग लागेर मृत्यु भएको हो ।

आज बिहान करिव ४ बजे घरमा सुतिरहेको बेला एक्कासी चट्याङ्ग लागेर घाइते भएका विष्टको उपचार गर्न अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक श्याम प्रकाश यादवले जानकारी दिए ।

उनका अनुसार जिल्लाकै छत्रकोट गाउँपालिका-६ दौघामा पनि चट्याङ्ग लागेर टोप बहादुर लम्तरीको गोठको भैंसी मरेको छ ।

त्यस्तै अबिरल वर्षाका कारण इस्मा गाउँपालिका-१ तरिखर्कका बिनबहादुर रेस्मीको पहिरोले गोठ भत्किँदा एउटा भैंसी मर्नुको साथै करिव सवा दुई लाख बराबरको क्षती भएको छ ।

प्रकाशित मिति : २१ असार २०७९ मंगलबार ००:००  ११ : ३७ बजे