४ जेष्ठ २०८१, शुक्रबार | Sat May 18 2024

गर्मी बढेपछि तराईका जिल्लामा पठनपाठन बन्द



धनुषा ।

अत्यधिक गर्मीका कारण तराईका विभिन्न जिल्लाका सामुदायिक विद्यालयमा पठनपाठन बन्द हुन थालेको छ । सोही क्रममा पर्साका विभिन्न पालिकाका सामुदायिक विद्यालय बन्द गर्ने क्रम बढेको छ ।

हालसम्म वीरगञ्ज महानगरपालिका सहित पर्साका पाँच पालिकाले विद्यालयमा गर्मी बिदा दिएका छन् । वीरगञ्ज महानगरभित्रका सबै विद्यालयमा आगामी साउन १ देखि साउन २० गतेसम्म पठनपाठन बन्द हुने भएको छ । शैक्षिक क्यालेन्डरमा साउन ८ गतेदेखि वर्षे बिदा भए पनि संशोधन गरेर पठनपाठनका लागि बिदा दिइएको महानगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।

यसैगरी पर्साको कालिकामाई गाउँपालिकाले सामुदायिक विद्यालयमा गर्मी बिदा दिएको छ । गाउँपालिका शिक्षा शाखाका अनुसार गाउँपालिकाअन्तर्गतका सम्पूर्ण सामुदायिक विद्यालयमा साउन १ देखि साउन २९ गतेसम्मका लागि बिदा दिइएको हो । पोखरिया नगरपालिकाले पनि विद्यालयमा गर्मी बिदा दिएको छ । पोखरिया नगरपालिकाले गर्मी बढेपछि साउन १ देखि साउन २८ गतेसम्मका लागि बिदा दिएको हो ।

यसैगरी पकाहामैनपुर गाउँपालिकाले साउन १ देखि साउन २८ गतेसम्म सामुदायिक विद्यालयमा बिदा दिएको छ । विन्दावासिनी गाउँपालिका विद्यालय पनि एक महिनाका लागि बन्द गरिएका छन् ।

प्रकाशित मिति : ३२ असार २०७९ शनिबार ००:००  ४ : ३० बजे