१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

रामेछापको खिम्ती खोला तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह



काठमाण्डौ ।

रामेछापको खिम्ती खोला, रसनालु जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ ।
बाढी पूर्वानुमान महाशाखाले खिम्ती खोला तथा तटीय क्षेत्रमा आज बिहानसम्म सतर्कता अपनाउन आग्रह गरेको छ ।

त्यस्तै गएराति कास्कीको घलेखर्क वर्षामापन केन्द्र र आसपासमा ठूलो पानी परेको छ । घलेखर्क, पुरनचौर, भुर्जुङ खोला र आसपासको कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने भएकाले सतर्कता अपनाउन भनिएको छ ।

आज प्रदेश(१ का एकरदुई ठाउँमा ठूलो पानी पर्न सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर आउँदो तीन दिनसम्म ठूला नदीमा पानीको बहाव सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ ।

प्रकाशित मिति : १० श्रावण २०७९ मंगलबार ००:००  ७ : ३७ बजे