६ असार २०८३, शनिबार | Sun Jun 21 2026

राष्ट्रिय सभा बैठक आज बस्दै, प्रधानमन्त्रीले शपथ सम्बन्धी विधेयक प्रस्तुत गर्ने



काठमाडौं ।

राष्ट्रिय सभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको शपथ सम्बन्धी विधेयक, २०७८ छलफलका लागि प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यसैगरी भौतिक पूर्वाधारमन्त्री मोहमद इश्तियाक राईले नेपाल इन्जिनियरिङ परिषद पहिलो संशोधन विधेयक, २०७६ माथि प्रतिनिधि सभाबाट भएको संशोधन र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले जेष्ठ नागरिक सम्बन्धी पहिलो संशोधन विधेयक, २०७५ माथि प्रतिनिधि सभाबाट भएको संशोधन उपर विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेलगायत कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७९ बिहिबार ००:००  ७ : ५८ बजे