काठमाण्डौ ।
अबको तीन दिनसम्म १४ जिल्लाका साना नदी तथा खोलामा बाढी आउन सक्ने भन्दै बाढी पूर्वानुमान महाशाखाले सचेत रहन आग्रह गरेको छ ।
महाशाखाका अनुसार अबको तीन दिन काभ्रे, बारा, पर्सा, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, दाङ, बाँके, कास्की, लमजुङका साना नदी तथा खोलामा बाढीको पूर्वानुमान गरिएको छ ।
यस्तै, म्याग्दी, बैतडी, डडेलधुरा र आसपास भइ बहने नदी तथा खोलामा आकस्मिक बहाव बढ्ने भएकाले यी जिल्ला भएर बहने नदी तटीय क्षेत्रममा सतर्कता अपनाउन आग्रह गरिएको छ ।
प्रतिक्रिया