६ असार २०८३, शनिबार | Sat Jun 20 2026

बाणगंगाका छाडा पशु चौपाया नियन्त्रणका लागि गठित समितिले ७ वडामा पुगेर ध्यानाकर्षणपत्र बुझायो



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिकामा रहेका छाडा पशु चौपाया नियन्त्रणका लागि गठन भएको एक समितिले नगरका ७ वडामा पुगेर ध्यानाकर्षण पत्र बुझाएको छ ।

११ वडा रहेको बाणगंगाका ७ वडामा पुगेर छाडा पशु चौपायालाई तत्काल नियन्त्रणका लागि विभिन्न माग राखेर वडाध्यक्ष सामु ध्यानाकर्षण पत्र बुझाएको समितिका सदस्य हिमलाल वाग्लेले जानकारी दिए ।

समितिले नगरका ११ वटै वडाका किसानहरुले लगाएको अन्नबाली नोक्सान गरेको भन्दै छाडा पशु नियन्त्रणका लागि जनप्रतिनिधि सामु माग राखेको छ ।

साथै समितिले बुझाएको ध्याकर्षणपत्रमा वडा भित्र छाडा पशु चौपाय नियन्त्रण तथा व्यवस्थापनका लागि समिति गठन गर्नुपर्ने, वडाभित्र पालिएका गाईहरुको तथ्याङ्क लिई पहिचानका लागि टाचा लगाउनुपर्ने, छाडा पशुहरु नियन्त्रण गरि नश्ल वृद्धि रोक्नका लागि साँढेहरुको बध्याकरण गर्नुपर्ने, किसानहरुले पालेका गाई सूचना नगरी छोड्न नपाउने व्यवस्था गर्न, नाकाबाट पशु प्रवेश रोक्नका लागि सम्बन्धित चौकीसंग सहकार्य गर्न माग राखिएको छ ।

समितिमा छविलाल पन्थ अध्यक्ष रहेर रविरा आचार्य, नन्दराम पौडेल, भीम प्रसाद सापकोटा, हिमलाल वाग्ले, टोपलाल गैरे, नारायण खनाल, शिवलाल सुवेदी, दामोदर पौडेल लगायतको एक टोलीले यो काम गरिरहेको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७९ शनिबार ००:००  ६ : ३१ बजे