२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

प्यूठान दुर्घटना अपडेटः घाइते मध्ये थप दुईको मृत्यु



बुटवल ।
शनिबार प्युठानमा भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

घटनास्थलमा एक जनाको मृत्यु भए पनि उपचारको क्रममा थप दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

रूपन्देहीको सिद्धार्थनगर नगरपालिका र मायादेवी गाउँपालिकाबाट स्वर्गद्वारी मन्दिर दर्शन गर्न गएका यात्रु बोकेको लु ३ च ३५३ नम्वरको जीप फर्कने क्रममा सनिबार दिउँसो स्वर्गद्वारी नगरपालिका–४ भ्यागुतेमा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परी मायादेवी गाउँपालिका ३ की ३२ वर्षीया गुडिया ठाकुरको घटनास्थलमै मृत्यु भएको थियो।

घाइते भएका रूपन्देही सिद्धार्थनगर नगरपालिका ४ की ५४ वर्षीय कान्ति कर्ण र मायादेवी–३ का ७० वर्षीय पटवारी कुहारको पनि उपचारको क्रममा बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि १५ जना घाईते छन् । घाइतेमध्ये मायादेवीका ९ जना छन् भने सिद्धार्थनगर नगरपालिकाका ६ जना छन् । उनीहरूको रूपन्देहीका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७९ आइतबार ००:००  ६ : ०२ बजे