२२ बैशाख २०८१, शनिबार | Sun May 5 2024

बर्दियामा ३८ बाघ थपिदा बाघको संख्या १ सय २५ पुग्यो



बर्दिया ।
मुलुकमा ३ सय ५५ बाघको गणना हुँदा बर्दियामा ३८ बाघ थपिएका छन् । बर्दिया राष्ट्रिय निकुञ्जमा चार वर्षअघि ८७ बाघ रहेकामा अहिले बढेर १ सय २५ पुगेका हुन् ।

गत मंसिर २९ देखि फागुन २८ गतेसम्म बाघको गणना भएको हो । बर्दिया राष्ट्रिय निकुञ्जले बाघको संख्या बढाएर अन्तर्राष्ट्रिय क्षेत्रमा नाम कमाएको निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत सञ्जय सञ्जेलले बताए ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ मा बाघलाई संरक्षित वन्यजन्तुको सूचीमा राखिएको छ । बाघ मार्ने र अंगको कारोबार गर्नेलाई ५ देखि १५ वर्ष कैद, ५ लाखदेखि १५ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।

प्रकाशित मिति : १५ श्रावण २०७९ आइतबार ००:००  ६ : १० बजे