२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

अर्घाखाँची पुगेर धर्मेन्द्र बास्तोलाले भनेः संबिधान परिर्वतन गर्नुको विकल्प छैन



मायादेवी अनलाइन, शितगंगा ।
नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोलाले अहिलेको संबिधानले देशको रक्षा गर्न नसक्ने ठोकुवा गरेका छन् । देशको रक्षाका लागि संविधान नै परिर्वतन गर्नुपर्नेमा उनको जोड छ ।

पार्टी कार्यकर्ता भेटघाट कार्यक्रमका लागि अर्घाखाँची पुगेका संयोजक बास्तोलाले संसदीय व्यवस्थाको यो संबिधान सिमित ब्यापारीले नियन्त्रण गर्न सक्ने खालको बनेको दाबी गरे ।

यो संसदीय व्यवस्थाले कुनै निकास नदिने भन्दै यो व्यवस्था हटाएर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली लागु गर्नुपर्नेमा उनले जोड दिए । यसो गर्दा मात्र देशलाई अस्थिरताको बन्दीबाट हटाउन सकिने उनको धारणा थियो ।

अहिलेका सांसदहरु करोडांै रकम खर्च गरेर मात्र निर्वाचित हुने गरेको चर्चा गर्दै मन्त्री बने पछि उनीहरुको ध्येय राज्यको स्रोत साधन दुरुपयोग गर्नेमा हुनेभएकाले यसको अन्त्यका लागि सिंगो प्रणालीलाई नै परिवर्तन गर्नुपर्ने उनले बताए ।

माओवादी जनयुद्धले गणतन्त्र ल्याएको भएपनि माओवादी पार्टी बिस्तारै जनताको भावना बिपरित लागेकाले प्रचण्डको बिपक्षमा बसेर आफुहरुले जनताको प्रतिनिधित्व गरिरहेको उनको दाबी छ ।

नेकपा महासचिव नेत्रबिक्रम चन्द्र (बिप्लव)ले समेत संसदीय प्रणालीलाई प्राथमिकतामा राखेकाले विप्लवलाई पार्टीका बहुमत सदस्यले कारबाही गरेर नेकपा (बहुमत) पार्टी पुर्नगठन गर्नुपरेको उनले जनाए ।

प्रकाशित मिति : १५ श्रावण २०७९ आइतबार ००:००  ७ : १० बजे