३१ बैशाख २०८१, सोमबार | Mon May 13 2024

साढे १२ लाखसहित भारतीय नागरिक पक्राउ



बुटवल ।
रुपन्देही प्रहरीले स्रोत नखुलेको १२ लाख ५० हजार रकमसहित एक जनालाई पक्राउ गरेको छ ।

भारतको उत्तर प्रदेशस्थित महाराजगन्ज जिल्ला जुगौलीका ४३ वर्षीय आशी साहु उक्त रकमसहित पक्राउ परेका हुन् । उनको साथबाट एक हजार रुपैयाँका १ हजार १ सय र ५ सय रुपैयाँका ३ सय गरी १२ लाख ५० हजार रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता एवं सहायक सूचना अधिकारी बेदबहादुर पौडेलले बताए ।

आइतबार साढे २ बजेको समयमा इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले शंका लागेर खोजतलास गर्दा उनको लु ६ प ३१२९ नम्बरको मोटरसाइकलबाट उक्त रकम बरामद गरेको हो । बरामद रकमसहित अभियुक्तलाई भन्सार चलान गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७९ सोमबार ००:००  ५ : ३७ बजे