१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

छत्रदेवका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत जोशी विरूद्ध भ्रष्टाचार मुद्दा दायर



अर्घाखाँची ।
अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामजी जोशी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भष्टाचार मुद्दा दायर गरेको छ।

फर्निचर तथा इलेक्ट्रोनिक्स सामग्री खरिदमा भ्रष्ट्राचार ठहर गर्दै अख्तियारले जोशी विरुद्ध सोमबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो। दायर गरिएको मुद्दामा उनीसँग ४ लाख ४७ हजार ५ सय रुपैयाँ बिगो दाबी गरिएको छ।

जोशीले फर्निचर खरिद गर्दा वास्तविक मूल्यभन्दा फरक मूल्य राखी कमिसन खाएको, बिल अनुसारका सामान खरिद दाखिला नभई अन्य सामान दाखिला भएको र प्रतिस्पर्धा सिमित हुने गरी सामानहरु खरिद गरेको भन्ने उजुरी परेपछि अख्यिारले उनीमाथि अनुसन्धान सुरु गरेको थियो।

प्रकाशित मिति : १७ श्रावण २०७९ मंगलबार ००:००  ८ : १८ बजे