११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

कपिलवस्तुको बुद्धभूमि-५ ले घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता बाँड्यो



मायादेवी अनलाइन, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर ५ ले जेष्ठ तथा अपाङ्गता भएका नागरिकलाई घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।

शारीरिक रुपमा अशक्त जेष्ठ नागरिकलाई उनीहरुको घरमै पुगेर भत्ता वितरण गरिएको वडा नम्बर ५ का वडा अध्यक्ष रोम थापाले बताए ।

गत हप्ता वडा कार्यालयबाट नै भत्ता वितरण गरेको र वडा कार्यालयसम्म आउन नसक्ने जेष्ठ तथा अपाङ्ग नागिरिकलाई उनीहरुको घरमै पुगेर भत्ता वितरण गरुएको अध्यक्ष थापाले जनाए ।

भत्ता वितरणका लागि वडा अध्यक्ष थापासंगै सांग्रिला बैंक गोरुसिङ्गेका म्यानेजर हरिस चन्द्र भारती र बिजय बस्याल गएका थिए ।

प्रकाशित मिति : १८ श्रावण २०७९ बुधबार ००:००  ७ : १६ बजे