१० बैशाख २०८१, सोमबार | Tue Apr 23 2024

दाङमा ट्रयाक्टरबाट खसेर एक किशोरको मृत्यु



दाङ ।
दाङको लमही नगरपालिका–६ देउपुरमा आज बिहान ट्रयाक्टरबाट खसेर एक जना किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १५ वर्षीय सुशान चौधरी रहेका छन् ।

ट्रयाक्टरबाट खसेर गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

लु ४ त ८१०६ नम्बरको ट्रयाक्टरमा सवार उनी आज बिहान ६ बजे ट्रयाक्टरबाट खसेका हुन् । ट्रयाक्टर सहित चालकलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७९ बिहिबार ००:००  ३ : १२ बजे