८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

बालिका बलात्कार अभियोगमा युवक पक्राउ



दाङ ।
आठ वर्षीया बालिका बलात्कारको अभियोगमा बुधबार शान्तिनगरका एक युवक पक्राउ परेका छन् ।

बालिकालाई मंगलबार दिउँसो मकैबारीमा लगेर बलात्कार गरी फरार भएका शान्तिनगर गाउँपालिका ५ का २८ वर्षीय चमन बिकलाई लुकिछिपी बसिरहेको अवस्थामा तुलसीपुरको बिजौरीबाट पक्राउ गरिएको हो ।

उनलाई प्रहरी नियन्त्रणमा राखेर थप अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले बताए ।

प्रकाशित मिति : १९ श्रावण २०७९ बिहिबार ००:००  ३ : १५ बजे