१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

जिम्मेवारी विहीन देखिएका बृजेश कुमार गुप्ता भए एमालेको केन्द्रीय सदस्य



मायादेवी अनलाइन, बाणगंगा ।
गत चैत्र महिनामा दलबलसहित नेकपा (एमाले)मा प्रवेश गरेको कपिलवस्तुका बृजेश कुमार गुप्ताले जिम्मेवारी पाएका छन् ।

एमाले प्रवेश गरेपनि लामो समय जिम्मेवारी विहीन देखिएका गुप्तालाई केन्द्रीय सदस्यको जिम्मेवारी दिइएको हो ।

प्रतिनिधिसभा २ का सांसद समेत रहेका गुप्ता जिल्ला सदरमुकाम तौलिहवा निवासी हुन् ।

जिल्लामा ०५६, ०६४, ०७० र ०७४ को आम चुनाव जितेका गुप्ता प्रभावशाली नेता हुन् ।

०७४ सालमै एमालेको सूर्य चिह्नबाट चुनाव जितेका गुप्ता यो बीचमा स्वतन्त्र भन्दै हिडेका थिए । आसन्न चुनाव नजिकिदै गरेको बेला गुप्ता गत चैत्रमा दलबलसहित एमालेमा प्रवेश गरेका थिए ।

सुरुवाती चरणमा राप्रपाबाट राजनीति थालेका गुप्ता तमलोपा, राजपा हुँदै एमालेमा प्रवेश गरेका हुन् ।

यो पनि…राप्रपा, तमलोपा हुँदै एमाले प्रवेश गरे बृजेशकुमार गुप्ता

प्रकाशित मिति : २७ श्रावण २०७९ शुक्रबार ००:००  ६ : १२ बजे