२० मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

अरिङ्गालले टोक्दा एक पुरुषको ज्यान गयो



रोल्पा ।
रोल्पा नगरपालिकामा अरिङ्गालको टोकाईबाट एक जना पुरुषको ज्यान गएको छ ।

रोल्पा नगरपालिका वडा नं. १० बस्ने वर्ष ५४ का जय बहादुर बुढा मगरको अरिङ्गालले टोकाईबाट मृत्यु भएको हो । सोमबार साँझ अन्दाजी ६ बजे आफ्नै घर नजिकै जङ्गलमा अरिङगाल पोल्ने क्रममा अरिङ्गालले शरिरको विभिन्न भागमा टोकेर बुढा घाईते भएका थिए ।

उनको जिल्ला अस्पताल रेउघा रोल्पामा उपचारको क्रममा मृत्यु भएको रोल्पा प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७९ मंगलबार ००:००  १२ : ४४ बजे