३१ भाद्र २०८१, सोमबार | Mon Sep 16 2024

आगामी निर्वाचनमा बर्तमान गठवन्धन दल बीच नै तालमेल हुनेमा बिश्वस्त छु : पाण्डे



मायादेवी अनलाइन, बुद्धभूमि ।

बर्तमान गठवन्धन दलहरु बीच नै आगामी प्रदेश र संघीय निर्वाचनमा तालमेल हुनेमा आफु विश्वस्त रहेको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का पोलिटब्यूरो सदस्य एवं लुम्बिनी प्रदेश अध्यक्ष सोम प्रसाद पाण्डेले बताउनुभएको छ ।

पार्टि स्थापनाको एकवर्ष पुगेको अवसरमा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी कपिलवस्तुले गोरुसिँगेमा आयोजना गरेको ११ औं सचिवालय बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गदैं नेता पाण्डेले उक्त कुरा बताउनुभएको हो ।

विगतमा दुई दुई पटक संसद विघटन भएकाले संविधान र लोकतन्त्रको रक्षाका लागि समेत आफूहरुले विद्रोह गर्न बाध्य भएको अध्यक्ष पाण्डेको तर्क छ ।

साथै उहाँले गठवन्धनमा रहेका दलहरु बीच सिट बांडफाँड लगायतका कुरा चांडै समाधान हुने र इमान्दारीताका साथ ती उम्मेदवारलाई जिताउन लागि पर्नुपर्ने समेत बताउनुभयो ।

कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य एवंं कपिलवस्तु इन्चार्ज क्षेत्र बहादुर खत्रीले केपी ओलीको प्रतिगमनका विरुद्ध एक ठाउँ भएका पाँचदलको गठबन्धन सरकार रहुन्जेल अब हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा तालमेल गरी अगाडी बढ्न कार्यकर्तालाई आव्हान गर्नुभयो ।

सोही बैठकमा अर्का केन्द्रिय सदस्य एवं सह इन्चार्ज मीना परियारले स्थानीय तहको परिणामबाट आफूहरुमा उत्साह जागेको बताउँदै आगामी प्रदेश र संघको निर्वाचनमा थप जिम्मेवारीका साथ लाग्न आग्रह गर्नुभयो । साथै बैठकले केन्द्रिय सर्कुलर अनुसार पार्टिका गतिविधि निर्वाचन केन्द्रित गरी अगाडी बढ्नु पर्नेमा जोड थियो ।

जिल्ला अध्यक्ष लंकाबहादुर हमालको अध्यक्षता, सचिव ओम प्रकाश कुर्मिको सन्चालनमा भएको बैठकमा अर्का प्रदेश सदस्य जिवलाल पौडेल, एमडी हसन लगायतले आआपनाभनाइ राख्नुभएको नेकपा एकीकृत समाजवादी पार्टी प्रचार विभागले जनाएको छ ।

प्रकाशित मिति : १० भाद्र २०७९ शुक्रबार ००:००  ६ : ०८ बजे