११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

कपिलवस्तुमा १५औं पुस्तकालय दिवस बिशेष कार्यक्रम गरि मनाईयो



कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकामा रहेको बाणगङ्गा सामुदायिक पुस्तकालयले आज १५ औं पुस्तकालय दिवस एक बिशेष कार्यक्रमको आयोजना गरि मनाएको छ । दिवसको अवसरमा पुस्तक र पुस्तकालयको महत्त्व बारे यस क्षेत्रका सबै नागरिकलाइ जानकारी गराइ समाज रुपान्तरणको दिशामा अगाडि बढ्नु पर्नेमा जोड दिइएको छ । बाणगंगा नगरपालिकाका शिक्षा शाखा प्रमुख खिम बहादुर जि।सि को प्रमुख आतिथ्यता रहेको कार्यक्रमको अध्यक्षता संस्था का अध्यक्ष दिलिप कार्कीले गर्नुभएको थियो ।

कार्यक्रममा ॠषिकेशव भारद्धवाज, लेखनाथ घिमिरे, देवी बहादुर पोख्रेल, अनन्त राज रेग्मी लगायतले पुस्तक र पुस्तकालयको महत्त्व बारे प्रकाश पार्नुभएको थियो । कार्यक्रममा संस्थाको मानवीय श्रोत ब्यबस्थापन र कार्यालय संचालनको लागि स्थानीय सरकारबाट बजेट बिनियोजित भएकोमा खुसी व्यक्त गर्दै राज्यको ध्यान पुस्तकालयमा निरन्तर परिरहन अतिआवस्यक भएको वताइएको छ । सस्थाका सचिव बुद्दिशागर बेल्बासेको संचालनमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष दोलख बहादुर पछाइले स्वागत मन्तब्य राख्नुभएको थियो ।

यस्तै दिवसकै अवसरमा नेपालकै पहिलो पुस्तकालयको रुपमा स्थापित तौलिहवामा रहेको पशुपति प्रताप पुस्तकालयले पनि रचना वाचन सहित भब्य कार्यक्रमको आयोजना गरि पुस्तकालय दिवस मनाएको छ । आयोजित सोही कार्यक्रम मार्फत बाणगंगा सामुदायिक पुस्तकालयलाई नगद, प्रमाणपत्र सहित सम्मान र नियमित पाठक तथा आजिवन सदस्यहरुलाई प्रमाणपत्रले सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष अधिवक्ता राजेश कुमार पान्डेको अध्यक्षता, पर्यटन ग्रामीण तथा शहरी बिकास राज्यमन्त्री रिना नेपालको प्रमुख आतिथ्यता, उपाध्यक्ष सन्तराम अग्रहरिको स्वागत र सह– सचिव बिरेन्द्र पान्डेको संचालन रहेको कार्यक्रममा साहित्यकार पशुपतिमणि त्रिपाठी, सकुन्तला पौडेल ,सागर बेल्बासे लागायतले रचना बाचन सहित पुस्तक र पुस्तकालय को महत्त्व बारे आ आफ्ना भनाइ राख्नुभएको थियो ।

प्रकाशित मिति : १५ भाद्र २०७९ बुधबार ००:००  ८ : ०६ बजे