१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

शैक्षिक क्यालेण्डर पालना गर्न संस्थागत बिद्यालयलाई बाणगंगा नगरको निर्देशन



मायादेवी अनलाइन, वाणगंगा ।

कपिलवस्तुको बाणगंगा नगरपालिकाले शैक्षिक क्यालेण्डर पालना गर्न नगरका संस्थागत विद्यालयलाई निर्देशन दिएको छ ।

मंगलबार नगरपालिकाको शिक्षा शाखाले एक बिज्ञप्ती जारि गर्दै यस्तो निर्देशन दिएको हो ।दशैँ, तिहार तथा छठ पर्वको विदा बार्षिक शैक्षिक क्यालेण्डर एकमुष्ठ दिने सहमती भएकोमा नगरका केही संस्थागत अर्थात निजी बिद्यालयले पालना नगरेपछि पठनपाठनमा एकरुपता ल्याउन निर्देशन दिएको शिक्षा शाखा प्रमुख खिम बहादुर जिसिले मायादेवीलाई बताए ।

दशै सकिए लगत्तै असोज २४ गतेदेखि पठनपाठन सुरु गरेपछि नगरपालिकाले शैक्षिक क्यालेण्डर अनुसार पठनपाठन बन्द गराउने बारे निजी विद्यालयका प्रतिनिधीसंग छलफल गरेको हो ।

जस अनुसार असोज २७ गतेबाट पुन बिद्यालयको पठनपाठन बन्द गर्ने सहमती भएको छ । सहमतिको पालना नगर्ने विद्यालयलाई नगरबाट प्राप्त हुने सवै सुविधाहरुमा रोक लगाउने समेत जनाएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७९ मंगलबार ००:००  ६ : ५० बजे