८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

विद्यालय सञ्चालन सम्बन्धी टिप्पणीप्रति नगरपालिकाको ध्यानाकर्षण



मायादेवी अनलाइन, जितपुर ।

विद्यालय सञ्चालन सम्बन्धमा वाणगंगा नगरपालिकाले जारी गरेको पत्रका बारेमा आएका नकारात्मक टिकाटिप्पणी प्रति नगरपलिकाको ध्यानाकर्षण भएको छ ।

नगरका सबै विद्यालयको शैक्षिक क्यालेण्डर अनुसार दशैं तिहारको बिदामा एकरूपता ल्याउने गरी विदा निर्णय गरिएको थियो । उक्त निर्णय अनुसार कतिपय विद्यालय खुल्ने र बन्द भएकोले एकरुपता ल्याउन विगतमा प्रअहरुको बैठकको निर्णय कार्यान्वयनमा ल्याउन सूचना गरेको थियो।

सोही सम्बन्धमा विभिन्न सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी, अतिरञ्जित भ्रम फैलाउने गरी आएको विषयमा विद्यालयका प्रतिनिधी तथा सरोकावालाहरूसँग नगरपालिकाले बिहीबार छलफल गरी अनावश्यक टिका टिप्पणी, भ्रम फैलाउने जस्ता कार्य नगर्न नगराउन अनुरोध गर्दै ध्यानाकर्षण पत्र जारि गरेको गरेको ।

प्रकाशित मिति : २७ आश्विन २०७९ बिहिबार ००:००  ३ : ४७ बजे