१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

अर्थतन्त्रको मेरुदण्ड उद्योग व्यवसायमैत्री नीति आवश्यक : उम्मेदवार पन्थी



मायादेवी अनलाइन, वाणगंगा ।
नेकपा एमालेका लेखा आयोगका उपाध्यक्ष एवं कपिलवस्तु क्षेत्र नम्बर १ प्रदेश सभा १ का उमेदवार विष्णु पन्थीले उद्योग व्यवसाय फस्टाउन मुलुकको राजनीति स्थिर हुन आवश्यक भएको बताउनु भएको छ । युवा नेता पन्थीले राष्ट्रिय पूँजीको विकासले मात्र देशले आर्थिक समृद्धि हासिल हुने बताउनुभयो । नेपाल उद्योग तथा व्यवसायी महासंघ जिल्ला कार्यसमिति कपिलवस्तुले आइतवार चारनम्बरमा राखेको वैठक तथा शुभकामना आदान प्रदान कार्यक्रममा नेता पन्थीले यस्तो बताउनु भएको हो ।
उहाँले संविधानमा समाजवाद लेख्न सफल भइसकेकाले कम्युनिष्टको लक्ष्य त्यही समाजवाद भएकाले अव दु्रततर आर्थिक विकासको आवश्यकता भएको उल्लेख गर्नुभयो । उम्मेदवार पन्थीले आर्थिक विकासका लागि मुलुकमा उद्योग धन्दा, कलकारखाना, व्यापार व्यवसाय फस्टाउनुपर्ने बताउनुभयो । हामीले हाम्रा उद्योग व्यवसायलाई पराम्परागत भन्दा पनि उत्पादनमुखी र रोजगारी सिर्जना गर्ने व्यापार व्यवसायलाई जोड दिनुपर्ने बताउनुभयो । उहाँले अहिलेको पूँजी बजारका सम्भावनालाई हेरेर नयाँ नयाँ उद्योग व्यवसाय, सिप, प्रविधी र उत्पादनमुखी उद्योग व्यवसायबाट मात्र राष्ट्रिय पुँजी निर्माण हुने भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने समय आएको बताउनुभयो । उहाँले साना तथा ठुला व्यापार व्यवसायलाई व्यवस्थित रुपमा संचालन गर्नुपर्ने बताउनुभयो ।
नेपालको मुख्य अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको उद्योगी व्यवसायीको हितमा सरकारी निती आवश्यकता रहेको समेत बताउनुभयो । उद्योग व्यवसाय मैत्री नीति र राष्ट्रिय पुँजी निर्माणका लागि एमालेलाई भारी मतले जनताले जिताउनु अहिलेको आवश्यकता रहेको पन्थीले बताउनु भयो । देशमा अर्थतन्त्र धरासायी भएको अवस्था, व्यवसायहरु टाट पल्टेको परिस्थिती रहेको जनाउदै आउदो मंसिर ४ गते एमालेलाई जिताउनुको बिकल्प नरहेको उहाँले औल्याउनु भयो ।

प्रकाशित मिति : ३१ आश्विन २०७९ सोमबार ००:००  ६ : ५४ बजे