२९ आश्विन २०८१, मंगलबार | Tue Oct 15 2024

एमालेले देश र जनतालाई धोका दियोः भागवत विश्वासी



मायादेवी अनलाइन, बाणगंगा ।
नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सचिव भागवत विश्वासीले एमाले प्रतिगमनकारी, दक्षिणपन्थी, अवसरवादी पार्टी भएकाले यसको पराजय मंसिर ४ गते देखिने बताउनुभएको छ ।

एमालेले देश, जनता र संविधानलाई धोका दिएको भन्दै आगामी निर्वाचनमा जनताले यसको जवाफ दिनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।

नेकपा (एकीकृत समाजवादी) प्रतिनिधिसभा-३ को प्रदेशसभा (क) चन्द्रौटामा राखिएको चुनावी प्रचार प्रसार अभियानलाई सम्बोधन बोल्दै नेता विश्वासीले आसन्न चुनाव गठबन्धनले जितिसकेको दाबी गर्नुभयो ।

‘आउँदो मंसिर ४ को निर्वाचन गठबन्धनले जितिसकेको छ, उहाँले भन्नुभयो, ‘एमालेले देश, जनता र संविधान माथि गरेको घातले यो पार्टी खरानी हुँदै छ ।’

पार्टीका लुम्बिनी प्रदेश इन्चार्ज समेत रहनुभएका उहाँले चुनाव मिलेरै लड्ने, देशको विकास मिलेरै गर्ने, सरकार पनि मिलेरै बनाउने भन्दै गठबन्धनलाई भोट दिन आग्रह गर्नुभयो । एमालेले अपवित्र गठबन्धन भनेर टिप्पणी गर्नुभएको औचित्य नरहेको उहाँले बताउनुभयो ।

एमालेले पनि राप्रपा, कलम थापा, परिवार दलसंग गठबन्धन गरेको बताउनुभयो ।

‘एमालेले हाम्रो गठबन्धनलाई अपवित्र भनेर भन्छ । आफूले कमल थापा, राप्रपा, परिवार दलसंग गठबन्धन गरेको छ । हामीलाई गठबन्धन, आफूले तालमेल मात्र हो भनेर भ्रम छरेको छ, उहाँले भन्नुभयो ‘तालमेल र गठबन्धन पर्यायवाची शब्द हुन, सारमा एउटै हो ।’

प्रकाशित मिति : १ कार्तिक २०७९ मंगलबार ००:००  ७ : ५६ बजे