२९ आश्विन २०८१, मंगलबार | Tue Oct 15 2024

बाणगंगाको युनाईटेड हस्पिटलमा मेरुदण्डको सफल अप्रेसन



मायादेवी अनलाइन, जितपुर ।

कपिलवस्तुको बाणगंगा ४ मा सञ्चालित युनाईटेड हस्पिटलले मेरुदण्डको सफल अप्रेसन गरेको छ । आफ्नो सेवासुबिधा र उपचारबाट सबैको मन जित्न सफल हस्पिटलले जिल्लामै पहिलो पटक मेरुदण्डको अप्रेसन गर्न सफल भएको हो ।

हस्पिटलले सिडिबाट खसेर मेरुदण्ड भाँचिएकी एक महिलाको मंगलवार दिँउसो अप्रेसन गरेको थियो । बाणगंगा ११ घरबुढियाकि पञ्चमि थारुको हाड जोर्नी डाक्टर समिर खान लगाएतकोे टिमले अप्रेसन गरेको हस्पिटलले जनाएको छ । अप्रेसन पछि पञ्चमि थारुको परिवार लगाएत स्वयम आफैले डाक्टरहरुलाई धन्यवाद ब्यक्त गरेका छन् ।

हाड जोर्नी डाक्टर खानका अनुसार लामो समयको अनुभवले युनाईटेड हस्पिटलमा अप्रेसन सेवा सुरु गरेको र प्राय सबै अप्रेसनहरु सफल भएको बताउनु भयो । हाल सम्म यस हस्पिटलमा करिब २ सय भन्दा बढि साना–ठुला अप्रेसन भएका छन् । जसमा हाडजोर्नी भाँचिएको, एपेन्डीक्स, पाठेघरको अप्रेसन, डेलिभरिको अप्रेसन, पित्त थैलिको अप्रेसन, लगाएतका अन्य थुप्रै अप्रेसन सफल भएको हस्पिटलका कार्यकारी निर्देशक सुन्दर आचार्यले बताउनु भयो । उहाँले अब केहि समयमा हस्पिटलले थप सेवा सुविधा प्रदान गर्ने बताउनु भयो । आचार्यका अनुसार आईसियू, भेन्टीलेटर, सिटिस्क्यान सहित १ सय सैँयाको अस्पताल बन्ने र प्राविधिक शिक्षालय समेत सञ्चालन हुने बताँउनु भयो । हस्पिटलले अन्य जनरल सुविधाहरु पनि प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७९ बिहिबार ००:००  १२ : ३५ बजे