१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

बाणगंगाका विष्णु नेपालीको ज्यान बचाउन सहयोगको याचना



मायादेवी अनलाइन कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा नगरपालिका चार नम्बर जितपुर बस्ने एक परिवार आर्थिक अभावका कारण उपचारका लागि अस्पताल जान सकेको छैन । दलित परिवारका ३३ बर्षिय बिष्णु बहादुर नेपालीको आर्थिक समस्या भएपछि उपचारका अस्पताल जान नसकेको परिवारले बताएको छ । घरमा आर्थिक जोहो गरि छाक टार्ने घरमुली नै विरामी परि थला परेपछि अहिले ५ जनाको परिवार विचल्लीमा परेको छ ।
प्युठानको ऐरावती गाउँपालिका विजुली गाउँ स्थायी ठेगाना रहेको उक्त नेपाली परिवार करिव ८÷९ बर्ष देखि बाणगंगामा भाडामा बसोवास गर्दै आएको थियो हाल चार नम्बर जितुरको मन्द्रेली टोलमा बसोवास रहेको छ । विरामी नेपालीको स्वास्थ्य समस्या झन जटिल बन्दै गए पछि सहयोग गरिदिनुहुन उहाँकी श्रीमती बसन्ता नेपालीले अनुरोध गर्नुभएको छ । नेपालीका एउटा २ बर्षिय छोरो तथा १० र ६ बर्षिया २ वटा छोरी रहेका छन् । छोरीहरुले कक्षा ४ र यु केजीमा अध्ययन गर्छन् ।
करिव २० बर्ष देखिनै गाडी चलाउने पेशा गर्दै आउनुभएका नेपाली यस भन्दा पहिला विरामी हुनुभएको थियो जस्ले कमाएको सबै रकम खर्च भईसको छ । ‘करिव ५० लाख उपचारमै सकियो, अवस्था अहिले झन जटिल बन्दै गएको, राम्रो ठाउँमा उपचार गर्न पैसा छैन’, श्रीमती नेपालीले निराश हुंदै दुःखेसो पोख्नुभयो ।
नेपालीको पेट र मृगौलामा समस्या छ भने शरिर सबै सुन्निएको छ । जसले गर्दा हिड्डुल गर्न, खाना खान, बोल्न निकै गाह्रो भएको छ । ‘घरमा श्रीमान विरामी, छोराछोरी ससाना त्यसैले मैले पनि केहि काम गर्न पाएको छैन, जस्ले गर्दा घर चलाउन पनि निकै गाह्रो भएको छ’, श्रीमती नेपाली भन्नुभयो ।
सुरुमा निकै धेरै ठाउँमा झारफुक गरेको तर नेपालीको अवस्थामा सुधार नआएकाले राम्रो ठाउँमा उपचारका लागि नेपाली परिवारले अनुरोध गरेको छ । सहयोग गर्न ईच्छुक व्यक्ति वा संघ संस्थाले मेगा बैंकमा रहेको बसन्ता नेपाली खाता नाम रहेको र खाता नम्बर ०३९००५००६१४९७ रहेको खातामा रकम पठाईदिनुहुन परिवारले आग्रह गरेको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७९ शनिबार ००:००  ३ : १४ बजे