१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

तिहारमा चिल्लो, तारेको र गुलियो खाने कुरा सन्तुलितरूपमा मात्रै खान आग्रह



काठमाडौं ।
तिहारमा खाइने खाने कुरा आफ्नो स्वास्थ्यको ख्याल गरेर मात्रै खान डाक्टरले सुझाव दिएका छन् । तिहारको समयमा चिल्लो, पिरो, तारेको खाने कुरा धेरै खाइने र यसले स्वास्थ्यमा असर गर्न सक्ने भन्दै खानपानमा ध्यान दिन डाक्टरले सुझाव दिएका हुन् ।

सेलरोटी, तारेका तरकारी र अचार, माछामासु लगायतका खानेकुराले स्वास्थ्यमा गर्ने बेफाइदाबारे कमैले मात्रै हेक्का राख्ने गरेका छन् । यस्ता परिकार खाँदै नखानुभन्दा पनि सन्तुलितरूपमा मात्रै खान कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल चितवनका डा. खुशराज देवानले सुझाव दिनुभयो ।

डा. देवानले तेल वा घिउमा तारेर बनाएका रोटी ग्यास्ट्रिक, अल्सर र मुखमा अमिलो पानी आउने समस्या भएका बिरामीका लागि हानिकारक हुने बताउनुभयो । यस्ता समस्या भएका बिरामीले सेलरोटी नखाएकै राम्रो हुने उहाँको भनाइ छ ।

महिनौँदेखि औषधि खाएर स्वास्थ्य राम्रो बनिरहेका बेला एउटा÷दुई वटा रोटीले फेरि समस्या बल्झिन सक्ने भएकाले सावधानी अपनाउन उहाँको सुझाव छ । बिरामीलाई थप समस्या आउन सक्ने भएकाले धेरै चिल्लो भएको मासु र तारेका अन्य कुरा नखान पनि डाक्टरको आग्रह छ । सामान्य मानिसले पनि चिल्लो धेरै नखान र फलफूल, सागपातलगायत स्वस्थकर खानामा जोड दिन डाक्टरको सल्लाह छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७९ मंगलबार ००:००  ६ : १४ बजे