२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

अध्यक्ष शर्माद्धारा तिहारपर्व २०७९ को शुभकामना सन्देश



मायादेवी अनलाइन, कपिलवस्तु ।
नेकपा (एमाले) कपिलवस्तुका जिल्ला अध्यक्ष डम्मर शर्माले हिन्दु धर्मावलम्बीहरुको महत्वपूर्ण पर्व शुभ दीपावली (तिहार)पर्व २०७९ सालको अवसरमा शुभकामना सन्देश जारी गर्नु भएको छ । जिल्ला अध्यक्ष शर्माद्धारा जारी शुभकामना सन्देशमा दिदीले भाइलाई र वहिनीले दाजुलाई टिका लगाई एक अर्का बीच आत्मियता मानसम्मान दिने चलन रहेको यस शुभ दिपावली पर्व २०७९ सालको अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजु भाई दिदी वहिनीहरुप्रति शुभकामना ब्यक्त गर्दै समाजमा रहेका सवै खाले विभेद, विकृतीहरुको अन्त्य र सुसंस्कारयुक्त समाज निर्माणको सार्थक अभियानमा दीपावली पर्वले सबैमा प्रेरणा प्रदान गर्ने शुभेच्क्षा प्रकट गर्दछौं भनिएको छ ।
दीपावलीको अवसरमा जारी सन्देशमा नेपाली मौलिक संस्कृतीको संरक्षण, प्रर्वधन संगै सबै जातजाती, भाषाभाषी, वर्ग समुदाय बीच भाइचारा एकता, सदभाव, कायम गर्दै समुद्ध नेपाल सुखी नेपालीको जन आकांक्षा पुरा गर्न सबै राजनैतिक दल, तीनै तहका सरकार, नागरिक समाजलाई अझ जिम्मेवार बन्नका निम्ति थप उत्साह थप्ने विश्वास ब्यक्त गर्दछु, उल्लेख छ । शुभकामना सन्देशमा दीपावली चाडपर्वका नाममा हुने जुवातास एवम् सबैखाले विकृतीको अन्त्य गर्दै पर्वका माध्यमबाट समाजको सकारात्मक रुपान्तरणको अभियानले निरन्तर सार्थकता पाउने विश्वास ब्यक्त गर्दछौं जारी शुभकामना सन्देशमा भनिएको छ । साथै नेकपा (एमाले) जिल्ला प्रचार तथा प्रकाशन विभाग कपिलवस्तुले नेपालीहरुका तिहार लगाएतका सम्पूर्ण चाडपर्व र संस्कृतिलाई जगेर्ना गर्दै यसको पहिचान र मौलिकतालाई अझ प्रवर्धन गर्नुपर्ने आवश्यकता भएको समेत औल्याएको छ ।

प्रकाशित मिति : १० कार्तिक २०७९ बिहिबार ००:००  ६ : ५४ बजे