८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

आफ्ना चुनावी पोष्टर कांग्रेस कार्यकर्ताले च्यातिदिएको लोसपा उम्मेदवार शाहको आरोप



मायादेवी अनलाइन, बुद्धभूमि ।
कपिलवस्तु प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसका कार्यकर्तामाथि पोष्टर च्यातेको आरोप लागेको छ । आफ्नो चुनावी पोष्टर काँग्रेसका कार्यकर्ताले च्यातेको उम्मेदवार अकवाल अहमद शाहले आरोप लगाउनुभएको छ ।

पत्रकारसँग कुरा गर्दै उम्मेदवार शाहले जनतासँग प्रत्यक्ष सम्बन्ध भएको कारणले गर्दा आफ्नो प्रचार सामग्री च्यातेर त्यसमा काँग्रेसको प्रचार सामग्री राख्ने गरेको दाबी गर्नु भयो ।

आफूले मन्त्री हुँदा र अन्य समयमा विकास निर्माण, शिक्षा, विद्यार्थीलाई उच्च शिक्षाको लागि छात्रवृत्ती, विद्यालय मदरसा निर्माणका लागि धेरै काम गरेको बताउनु भयो ।

उहाँले काँग्रेस कार्यकर्तालाई आफ्नो पोष्टर नच्यात्न आग्रह समेत गर्नु भएको छ । एमालेले हालसम्म पोष्टर नटासेको कारणले काँग्रेस बाहेक अरु कसैले पोष्टर नच्यातेको उहाँको दाबी छ ।

उहाँले यस विषयमा निर्वाचन आयोगलाई समेत जानकारी गराएको बताउनु भयो ।

लोसपाबाट संघीय सांसद पदका लागि उम्मेदवार रहनु भएका शाह अहिले घर दैलो गर्दै जनतासँग मत माग्न ब्यस्त हुनु हुन्छ । उहाँले मतदाताले क्षेत्रको विकासको लागि जनताले नयाँ अनुहारको अपेक्षा गरेको समेत बताउनु भयो ।

प्रकाशित मिति : १४ कार्तिक २०७९ सोमबार ००:००  ६ : ३७ बजे