२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

बृजेश कुमार गुप्ताको दाबीः केपी ओली प्रधानमन्त्री हुँदा बाणगंगा तटबन्धको डिपिआर मैले गरेँ



मायादेवी अनलाइन, बुद्धभूमि ।
नेकपा एमाले कपिलवस्तु क्षेत्र नम्बर २ संघीय सांसदका उम्मेदवार बृजेश कुमार गुप्ताले बाणगंगा नदीको कटान नियन्त्रणका लागि तटबन्धको डिपिआरको काम सुरु भएको बताउनु भएको छ ।

केपी ओली प्रधानमन्त्री हुँदा एमाले जिल्ला र आफ्नो पहलमा डिपिआरको काम भएको बताउनु भयो । उहाँले डिपिआर निर्माण गरी भारत सरकारसँग बजेटको समेत पहल भएको बताउनु भयो ।

जिल्लामा पछिल्लो ५ वर्षमा उल्लेखनिय काम भएको जनाउदै सडक र पुल निर्माणमा गति लिएको बताउनु भयो ।

एमाले केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सह इन्चार्ज समेत हुनु भएको गुप्ता सोमवार महाराजगन्ज नगरपालिकामा जनतासँग भेटघाटमा जुट्नु भएको थियो । जनतासँग उहाँले दशकौ देखि जिर्ण रहेको डुमरा महाराजगन्ज सडक कालोपत्रे गर्ने योजनाको काम सुरु गराएको बताउनु भयो ।

महाराजगन्ज बजार सुन्दरीकरण, महाराजगन्ज खरेन्द्रपुर सडक, तकिया लक्ष्मीनगर सडक जस्ता महत्वपूर्ण काम गरेको बताउनु भयो ।

एमाले कपिलवस्तु क्षेत्र नम्बर २ (क) प्रदेश सभा सदस्य पदका उम्मेदवार नवराज लामिछानेले एमालेले जिते देशको विकास हुने बताउनु भयो । उहाँले एमालेलाई जिताउदा महाराजगन्ज, हर्दैनामा खानेपानीको योजना, हर्दैना जस्तो क्षेत्रमा स्मार्ट कृषि गाउँ कार्यक्रम समेत लागु भएको बताउनु भयो ।

उहाँले महाराजगन्जका ग्रामीण क्षेत्रको सडक, कृषि, सिंचाइका समस्या पुरा गर्न सूर्यमा मतदान गर्नु पर्ने बताउनु भयो ।

प्रकाशित मिति : १५ कार्तिक २०७९ मंगलबार ००:००  ९ : ०२ बजे