२० बैशाख २०८१, बिहिबार | Fri May 3 2024

अष्ट्रेलियाको दोस्रो जीत



एजेन्सी ।
आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा अष्ट्रेलियाले दोस्रो जीत निकालेको छ ।

ब्रिसबेनमा सोमवार भएको खेलमा आयरल्याण्डलाई ४२ रनले हराउँदै अष्ट्रेलियाले दोस्रो जीत निकालेको हो ।

अष्ट्रेलियाले दिएको १ सय ८० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको आयरल्याण्डले १८ ओभर १ बलमा अलआउट हुँदै १ सय ३७ रन मात्र बनाउन सक्यो ।

त्यसअघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो ।

जीतसँगै अष्ट्रेलिया समूह १ को दोस्रो स्थानमा उक्लिएको छ ।

अष्ट्रेलियाले ४ खेलमा ५ अंक जोडेको छ ।

आयरल्याण्ड ३ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७९ मंगलबार ००:००  ९ : ०८ बजे