४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

अर्घाखाँचीमा आचारसंहिता विपरीत बाँड्दै गरेको पाइप बरामद



अर्घाखाँची ।

अर्घाखाँचीमा निर्वाचन आचारसंहिता विपरीत मतदातालाई प्रभावित पार्ने उद्देश्यले बाँड्न थालिएको पाँच पाइप प्रहरीले बरामद गरेको छ । छत्रदेव गाउँपालिका ६ ठुलापोखरामा मतदातादाई प्रभावित पार्ने उद्देश्यका साथ बाँड्न थालेको पाइप प्रहरीले बरामद गरेको हो ।

मतदातालाई प्रभावित पार्ने उद्देश्यका साथ पाइप बाँड्न थालेको थाहा पाएपछि खटिएको प्रहरी टोलीले पाइपको पिछा गर्दै जाँदा उनीहरू पाइप छाडेर भागेका थिए । बरामद गरिएको पाँच रोल पाइप मुख्य निर्वाचन अधिकृतको कार्यालय सन्धिखर्कमा राखिएको प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले बताउनुभयो ।
एमाले कार्यकर्ताले मतदातालाई बाँड्न पाइप लगेको स्थानीयवासीको आरोप छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७९ बुधबार ००:००  ९ : ०३ बजे