५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मतदाता भन्छन् : २० वर्षमा नभएको काम एमालेले ३ वर्षमै गर्यो सूर्यमा भोट दिन्छौ



मायादेवी अनलाइन, कपिलवस्तु ।

कपिलवस्तु निर्वाचन क्षेत्र नं १ का मतदाताले अरुले २० बर्षमा गर्न नसकेको काम एमालेले ३ बर्षमा गरेकोले भोट सूर्यमा दिने प्रतिवद्धता जनाएका छन् ।

एमालेका उम्मेद्वारलाई जिताउने प्रतिवद्धता उनीहरुले उम्मेदवार समक्ष जनाएका छन् । प्रतिनिधि सभा सदस्यका उम्मेद्वार बलराम अधिकारी र प्रदेश सभा १ का उम्मेद्वार बिष्णु पन्थीलाई अवश्यक जिताउने बताएका हुन् । आज कपिलवस्तु नगरपालिका वडा नं ९ र १० कुश्मा, बैदौली, विकुली, जगदिशपुर, केवलपुर, लगायतका मतदाताले विगतमा अधिकारी र पन्थीले उत्कृष्ट विकासका काम गरेको बताउदै मंसिर ४ गते हुने निर्वाचनमा पनि अवश्य जिताउन आवश्यक रहेको बताएका हुन् ।

त्यस्तै संविधान सभा सदस्य समेत रहनुभएका प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार अधिकारीले निर्वाचनमा मात्र नभई सदैव जनताको साथमा रहने बताउनुभयो । उहाँले यस क्षेत्रको विकासका लागि एमालेका उम्मेद्वारलाई जिताउन आग्रह समेत गर्नुभएको छ ।

मतदाताका समस्या तथा गुनासाको सम्बोधन गर्दै कृषि, शिक्षा, स्वास्थ्य, विद्युत, सडक लगायत विभिन्न क्षेत्रको विकासका लागि आफू र पार्टीका उम्मेद्वार सदैव लाग्ने बताउनुभयो ।त्यस्तै विगतमा पन्थी सांसद हुंदा विभिन्न सडक कालोपत्रे तथा स्तरोन्नती लगायत विकास निर्माणका अनेकौ काम भएकाले उहाँ लोकप्रिय हुनुहुन्छ ।

विकुली देखि कुश्मा जोड्ने सडकखण्ड कालोपत्रेका लागि प्रदेश सरकारबाट २ करोड, हर्नामपुरको बाटो स्तरोन्नतिका लागि १० लाख, झुल्नीपुर कोपवा देखि जगदिशपुर जोड्ने सडकखण्डमा २० लाख, जगदिशपुर तालको अगाडि भ्यू टावर र सामुदायिक भवनका लागि रु २ करोड बजेट विनियोजन भएको भन्दै पन्थी लोकिप्रिय र जनताको काम गर्ने उम्मेद्वार अरु कुनै पनि पार्टीको नभएको भन्दै घरघरमा स्वागत गरेका छन् ।

त्यस्तै थारु संग्रलाय निर्माणका लागि पन्थीकै पहलमा प्रदेश सरकारबाट वजेट विनियोजन भएको भन्दै यस क्षेत्रका थारु समुदाय पनि हर्षित भएका छन् ।त्यस्तै बाणगंगा ७ बनगाईमा पार्टीको सम्पर्क कार्यालय उद्घाटन गरिएको छ । पछिल्लो समय नेकपा एमाले प्रवेश गर्नेको लहर चलेको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७९ बिहिबार ००:००  १२ : २० बजे