५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

निग्लीहवाका मतदाता भन्छन् : दुःखमा साथ दिएका पन्थीलाई फेरि जिताएर समृद्धि ल्याउछौं



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुमा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको निर्वाचनको सरगर्मी बढ्न थालेको छ । राजनीतिक दलका उम्मेदवारहरु यतिबेला आफनो चुनावी एजेण्डा लिएर घरदैलोमा व्यस्त छन् । नेकपा एमाले कपिलवस्तु क्षेत्र नम्बर १ को चुनावी प्रचार प्रसारमा क्रममा प्रदेश सभा सदस्यका उम्मेदवार विष्णु पन्थी मतदाताको घरघर पुगेका छन् ।

घर-घरमा मत माग्न पुगेका पन्थीलाई भेट्दा मतदाता खुशी भएका छन् । उनीहरु खुशी मात्र होइनकी पन्थीलाई बोलाउनुपर्ने माग राख्दै न्यायो स्वागत समेत गरेका छन् । कपिलवस्तु प्रदेश क्षेत्र १ को घरदैलोमा निग्लीहवाका मतदाताले एमालेबाट प्रदेश सभाका उम्मेदवार विष्णु पन्थीलाई कपिलवस्तुको समृद्धिको लागि फेरि जिताउने प्रतिवद्धता व्यक्त गरेका हुन् । दुःखमा साथ दिएका पन्थीलाई फेरि जिताएर समृद्धि हासिल गर्ने बताएका छन् ।

कपिलवस्तु नगरपालिका वडा नम्बर ९ केबलपुरका जनताले विष्णु पन्थीलाई भेट्दा धेरै खुशी भएका हुन् । उनीहरुले विगतको कोभिड महामारीको क्रममा किसानको समस्या समाधानको लागि घरमै पुगेका थिए । लकडाउनका कारण आवातजावत ठप्प भएका बेला पन्थी किसानको घरमै पुगेर ढाढस दिएका पन्थीलाई भेट्दा थप खुशी भएका थिए । आफनो तरकारी नबिकेर खेतबारीमै खेर फाल्नु परेको अवस्थामा पन्थी किसानका घरघरमा पुगेर नविकेको तरकारी बिक्री गर्ने कार्यमा पहल गरेका हुन् । तत्कालिन समयमा कोभिडको महामारी फैलिएकाले किसानले आफुले उत्पादन गरेको तरकारी बजार पु¥याउन मुस्किल थियो भने कतिपय अवस्थामा आवात जावतमा समेत रोक लगाइएको अवस्था थियो ।

तत्कालिन प्रदेश सभा सदस्य विष्णु पन्थीले केवलपुरका किसानको खेतबारीमै पुगेर उनीहरुको दुखमा साथ दिएका थिए । किसानको खेर गइरहेको तरकारी विक्रीका लागि सांसद पन्थीले व्यवस्था मिलाएको घटना मतदाताले सम्झिरहेको बताए ।

‘लाखौंको तरकारी खेतबारीमै खेर जाने अवस्था थियो, किसान गोविन्द बराईले भने, कोभिडका कारण तरकारी विक्री गर्न जान पाइदैनथ्यो’ । किसान राधे मल्लाहले भने, ‘लाखौंको तरकारी विक्रीका लागि बजार लैजान बजार बन्द थियो र स्थानीय तहले बाहिरका तरकारीलाई समेत रोक लगाएको थियो, हामी पीडित भएका थियौं । त्यस्तो कठिन अवस्थामा सांसद पन्थीले हाम्रो घरमा आएर तरकारी विक्रीको प्रवन्ध मिलाइएको हामीले भुलेका छैनौं ।’

कोभिडको संकटमा पन्थीले कोभिडको कुनै प्रवाह नगरी कपिलवस्तु नगरपालिका र वाणगंगा नगरपालिकाका किसानका खेतवारीमा पुगेर नष्ट हुन लागेको तरकारी विक्री गरिदएकोले दुखको अवस्थामा साथ दिएको भन्दै मतदिने मतदाताले बताएका छन् । पन्थीले कोभिड महामारीको समयमा संक्रमित भई घरमै बसेकालाई भेटी विरामीहरुको मनोवल उच्च गराएका थिए भने उपचारका लागि विभिन्न अस्पतालमा लैजान पहल गरेका थिए ।

प्रकाशित मिति : १८ कार्तिक २०७९ शुक्रबार ००:००  ६ : ४५ बजे