२९ मंसिर २०८१, शनिबार | Sat Dec 14 2024

रश्मीराज नेपाली भन्छन्ः जनता ठग्न एमाले गाउँ पस्यो



मायादेवी अनलाइन, बाणगंगा ।
राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले जनता ठग्न एमाले गाउँ पसेको हुदाँ नझुक्किन जनतालाई अनुरोध गरेका छन् ।

राष्ट्रिय जनमोर्चाको चुनावी देश दौडाहमा पश्चिम जाने क्रममा विहीबार जितपुर चारनम्बरमा राजमो कपिलवस्तुले आयोजना गरेको अभिनन्दन कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

विगतमा २ तिहाई बहुमत नपचेकै कारण संविधान च्यातचुत पार्ने, संसद विघटन गर्ने खालका अहंकारी प्रवृद्धि देखाउनेलाई अब जनताले अमूल्य मत दिदा सावधानी अपनाउने दिन धेरै नभएकाले बेलैमा सचेत हुन आग्रह समेत गरेका हुन् ।

ओलिको प्रतिगमन विरुद्ध संविधानको रक्षाका लागि राष्ट्रिय जनमोर्चा ४ दलिय गठबन्धनमा साझेदार रहेको प्रष्ट पार्दै उनले वाम लोकतान्त्रिक शक्तिकै कारण देशमा संविधान बचेकाले गठबन्धनलाई सहयोग गर्नुपर्नेमा जोड दिएका थिए ।

राष्ट्रिय जनमोर्चाले संघीयताका कारण मुलुक डुब्न थालेको र संघीयता टाठा बाठालाई कमाउने भाडो बनेको र देश कंगाल हुन थालेको भन्दै प्रदेशको खारेजीका लागि समानुपातिकमा गिलास चिन्हमा मतदान गर्न आह्वान समेत गरेका थिए ।

बुधबार बुटवलमा पत्रकार सम्मेलन गरेर समानुपातिक अभियानको शुरुवात गरेको थियो । गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौं, संघीयता खारेज गरौं’ भन्ने मूल नारासहित बुटवलबाट सुरु भएको अभियान कात्तिक २८ गते बुटवलमै पुगेर समापन गरिने राजमोले जनाएको छ ।

कात्तिक १७ देखि २८ गतेसम्म देशका सम्भव भएका सबै जिल्लाहरूमा केन्द्रीय टोलीको नेतृत्वमा सो अभियान सञ्चालन हुने बताईएको छ । त्यसक्रममा केन्द्रीय तहका नेताहरुको नेतृत्वमा आमसभा, कोणसभा, जनभेटघाट लगायतका कार्यक्रम रहेको जनाईएको छ ।

जनमोर्चाले पाँचदलीय गठबन्धनबाट प्रतिनिधि सभातर्फ प्युठान र बागलुङ १ तथा प्रदेश सभातर्फ लुम्बिनीको अर्घाखाँची ‘क’ मा उम्मेदवारी दिएको छ । समानुपातिकतर्फ प्रदेश १ र २ बाहेक पाँच वटा प्रदेश र प्रतिनिधि सभातर्फ उम्मेदवारी दिएको छ ।

जीवनभर निष्ठाको राजनीति गर्दै आएका जनप्रिय नेता राजमो जिल्ला अध्यक्ष दधिराम आचार्यसहित आधा दर्जन बाढी नेताहरु कपिलवस्तुबाट संघ र प्रदेशको समानुपातिक उमेद्वार रहेको जनाइएको छ ।

चार नम्बर जितपुरमा आयोजित कार्यक्रममा अभियानका तर्फबाट राजमो केन्द्रिय सदस्य तथा प्रदेश समानुपातिक उमेद्वार तारा थापा, रक्तिम सांकृतिक अभियानका केन्द्रिय महासचिव जिवन शाहि अन्टुकका जिल्ला अध्यक्ष केर सिंह अदै लगाएतले राजमो उपाध्यक्ष राम प्रसाद बेल्वासे लगाएतले मन्तब्य व्यक्त गरेका थिए ।

प्रकाशित मिति : १८ कार्तिक २०७९ शुक्रबार ००:००  ७ : ४५ बजे