५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

प्युठान जोड्ने सडकले गोरुसिंगेको विकास गर्छः उम्मेदवार लामिछाने



मायादेवी अनलाइन, बुद्धभूमि ।
नेकपा एमालेको तर्फबाट कपिलवस्तु क्षेत्र नम्बर २ (क) प्रदेश सभा सदस्य पदका उम्मेदवार नवराज लामिछाने ‘भुपाल’ले गोरुसिंगे देखि प्युठानको दरवाङ जोड्ने सडक निर्माण गरी गोरुसिंगेलाई आर्थिक केन्द्रको रुपमा विकास गर्न बताउनु भएको छ ।

बुद्धभूमि वडा नम्बर २ को घरदैलो गर्दै उहाँले केही वर्ष पहिल्यै सो सडकको विषयमा अध्ययन समेत भएको हुँदा अब सो सडक निर्माणको लागि अगाडी बढ्ने प्रतिवद्धता गर्नु भएको छ ।

एमाले विकास गर्ने दल भएको हुँदा गरेको प्रतिवद्धता पुरा गर्ने एक मात्र दल रहेको दाबी गर्नु भयो । कपिलवस्तु जिल्लामा पछिल्लो ५ वर्षमा धेरै विकास भएको समेत बताउनु भयो ।

सामाजिक अभियन्ताको रुपमा काम गरेका भुपाल स्थानीय स्तर स्वच्छ छवी भएको नेताको रुपमा चिनिने गरेका छन् ।

स्वतन्त्र रुपले समाजसेवा रहेका भुपाल एमालेले गरेको विकास देखेर प्रवेश गरेको बताउनु भयो । उहाँ २ दशक देखि कपिलवस्तुमा रही व्यवसाय गर्दै आउनु भएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७९ शुक्रबार ००:००  ८ : ०१ बजे