१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

१ महिनामा ८८ हजारभन्दा धेरै पर्यटक नेपाल आए



काठमाण्डौ ।

पछिल्लो एक महिनामा ८८ हजारभन्दा धेरै पर्यटक हवाई मार्ग हुँदै नेपाल आएका छन् । अक्टोबर महिनामा ८८ हजार पाँच सय ८२ जना पर्यटक नेपाल आएका नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिनुभयो ।

मासिक विवरणअनुसार अक्टोबर महिनामा कोरोना भाइरस महामारी सुरु भएयताकै सर्वाधिक सङ्ख्यामा पर्यटक भित्रिएका उहाँले बताउनुभयो । योसहित सन् २०२२ को पहिलो १० महिनामा नेपाल आउने पर्यटकको सङ्ख्या चार लाख ७३ हजार पाँच सय ६३ जना पुगेको छ ।

अक्टोबरमा भारत र अमेरिकाबाट सबैभन्दा धेरै पर्यटक भित्रिएका छन् । भारतबाट १६ हजार नौ सय १० र अमेरिकाबाट ११ हजार आठ सय ५९ जना पर्यटक नेपाल आएका छन् ।

कोरोना महामारीका कारण थलिएको पर्यटन व्यवसाय यस वर्षको अटम सिजनमा केही चलायमान भएको छ । नेपाल आएका विदेशी पर्यटकमध्ये धेरैजसो हिमाली क्षेत्रको पदयात्रा र पर्वतारोहणका लागि आएका छन् । पर्वतीय पर्यटकको सङ्ख्या कोरोना सुरु हुनुअघिको अवस्थामा पुग्न थालेको पर्यटन व्यवसायी कर्मा शेर्पाले बताउनुभयो ।

प्रकाशित मिति : १९ कार्तिक २०७९ शनिबार ००:००  ५ : २७ बजे