२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

देशलाई बर्बादीबाट रोक्न एमाले नै आउनुपर्छ : केपी ओली



काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारसँग देश बनाउने कुनै पनि किसिमको मिसन र भिजन नभएको दाबी गरेका छन्।

अध्यक्ष ओलीले स्वार्थहरुको गठजोठबाट बनेको वर्तमान सरकारसँग देश बनाउने कुनै पनि किसिमको मिसन, भिजन र गन्तव्य नभएको भन्दै आगामी निर्वाचनपछि यस्तो सरकार बन्न दिन नहुने बताए।

प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनको शनिबार काठमाडौंमा उद्घाटन गर्दै उनले देशलाई बर्बादी हुन नदिन पनि आगामी निर्वाचनमा नेपाली जनताले सरकारको विकल्प खोज्नुपर्ने बताए। अध्यक्ष ओलीले भने, ‘अब हाम्रो देशमा संघीय र प्रादेशिक निर्वाचन हुँदैछ। एउटा खास परिस्थितिमा हामी आज यस ठाउँमा उभिएका छौं। आज कार्तिक १९ गते भइसक्यो। केही दिन भित्र मंसीर ४ गते हामी राष्ट्रको भाग्य, भविष्य फैसला गर्ने आम निर्वाचन र प्रादेशिक निर्वाचन एकैदिन एकै चोटी गर्दैछौं।

प्रकाशित मिति : १९ कार्तिक २०७९ शनिबार ००:००  १ : १९ बजे