काठमाण्डौ ।
जयनगर–कुर्था रेलमार्गमा भोलिदेखि तीन दिन यात्रुको सुविधाअनुसार रेल सेवा सञ्चालन हुने भएको छ ।
कात्तिक पूर्णिमाको अवसरमा कमला नदीमा नुहाउन पुग्ने तीर्थालुको सुविधालाई ध्यान दिँदै नेपाल रेल्वे कम्पनीले भोलि, पर्सि र बुधवार यात्रुको सुविधाअनुसार निर्धारित सिफ्टभन्दा बाहेकको समयमा पनि रेल सेवा सञ्चालन गर्ने जनाएको छ ।
नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक निरञ्जनकुमार झाले सूचना निकालेर कात्तिक पूर्णिमाको अवसरमा कमला नदीमा नुहाउन आउने तीर्थालुको सुविधालाई ध्यानमा राखेर भोलिदेखि बुधवारसम्म जयनगर–जनकपुरसम्म अनटाइम्ली सेवा सञ्चालन हुने जानकारी दिनुभएको छ ।
कात्तिक पूर्णिमामा कमला नदीमा स्नान गर्न ठूलो सङ्ख्यामा नेपालका विभिन्न ठाउँबाट तीर्थालु पुग्छन् । यस्तै, भारतबाट समेत तीर्थयात्री आउने गरेका छन् । तीन दिन यात्रुको चाप बढ्नसक्ने भएकाले निर्धारित सिफ्टभन्दा बाहेकको समयमा पनि रेल सेवा सञ्चालन गर्न लागिएको झाले बताउनुभयो ।
ुजतिबेला यात्रु आउँछन्, त्यतिबेला नै रेल चलाउँछौँ उहाँले भन्नुभयो, यात्रुको सुविधाकै लागि हामीले यस्तो निर्णय लिएका हौँ, तीन दिन यात्रुलाई यातायातको कुनै समस्या हुन दिँदैनौँ । जयनगरबाट महोत्तरीको बर्दिबाससम्म ७० किलोमिटर निर्माणाधीन रेलमार्गमध्ये जयनगरबाट कुर्थासम्म ३५ किलोमिटर रेलमार्गमा गएको २०७८ चैत २० गतेदेखि नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ ।







प्रतिक्रिया