जनकपुरधाम ।
धनुषामा बोलेरो अनियन्त्रित भएर दुर्घटना हुँदा एकदिनको नवजात शिशुको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नम्बर ७ स्थित सर्फ फ्याक्ट्रीको अगाडि ना ३ च ३५७५ नम्बरको बोलेरो ९जिप० दुर्घटनामा परेको लक्ष्मीनिया प्रहरी चौकीका असइ अजयकुमार यादवले जानकारी दिए। असइ यादवका अनुसार बोलेरो जनकपुरधामबाट महेन्द्रनगरतर्फ जाँदै थियो।
लक्ष्मीनिया बजार र निकालको बीचमा रहेको सर्फ फ्याक्ट्रीको अगाडि जिप अनियन्त्रित हुँदा पिलरमा ठोक्किएपछि सडकको बीचमा रहेको डिभाइडरमा ठोक्किएको असइ यादवले बताए।
दुर्घटनामा मृत्यु हुनेमा १ दिनको नवजात शिशुको रहेको प्रहरी स्रोतले जानकारी दियो। दुर्घटनामा ५० वर्षीया राधादेवी महतो, चन्द्र्कालादेवी महतो, १५ वर्षीय सुदिप सिंह, कमलीदेवी महतो, सन्जुदेवी महतो र फुलोदेवी महतो सिकिस्त भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक बेचन यादवले जानकारी दिए।
घाइते सबैको उपचार लक्ष्मीनियाको सेन्ट्रल हस्पिटलमा भइरहेको प्रहरीले जानकारी दियो। दुर्घटनाका सिकिस्तहरूलाई उपचारका लागि नजिकै रहेको सेन्ट्रल हस्पिटल लगिएको र घटना सम्बन्धमा अनुसन्धान भइरहेको धनुषाका डिएसपी प्रदिप क्षेत्रीले जानकारी दिए।
प्रतिक्रिया