४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

जनताको मोहले राजनीतिमा ल्यायो, चुनाव जित्छुः प्रकाश रजौरिया



मायादेवी अनलाइन, कृष्णनगर ।
सामाजिक काममा सक्रिय रहेरै समाजसेवा गर्दै आएका प्रकाश रजौरिया राजनीतिमा होमिएका छन् ।

आसन्न मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा कपिलवस्तु ३ बाट उम्मेदवार रहेका प्रकाश घरदैलोमा व्यस्त छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चुनाव लडेका उनी कृष्णनगर नगरपालिका निवासी हुन् । युवा पिढीका रजौरिया स्पष्ट बक्ता मात्र होइनन् विकासको मोडल दिन सक्ने अब्बल उम्मेदवार समेत हुन् ।

समाजको अनेक समस्यालाई पहिल्याउने र समाधान गर्न सक्ने भिजन भएका उनले आसन्न चुनावमा चार ओटा योजनालाई प्राथमिकतामा राखेर मत मागिरहेका छन् ।

उनले आफ्नो क्षेत्रमा डिग्री कलेज स्थापना, अस्पताल, रोजगार र सिंचाई योजनालाई प्रमुख चुनावी मुद्धा बनाएका छन् ।

क्षेत्र नं. ३ जिल्लाको समग्र विकासमा सबैभन्दा पछाडि छ । प्रयाप्त उद्योगभन्दा, कलकारखाना रहेको यो क्षेत्र जिल्लाको प्रमुख औद्योगिक क्षेत्र पनि हो । यति मात्र होइन देशकै प्रमुख भन्सार नाका मध्येको एक कृष्णनगर यही छ । तर मानव विकास सूचाकाङ्कमा यो क्षेत्र पछाडि छ । समग्र भौतिक विकासमा राम्रै प्रगति हासिल भएपनि शिक्षा, स्वास्थ्य र सिंचाईको असुविधा यहाँको प्रमुख समस्या हो ।

हजारौं खेतियोग्य जमीन रहेको यस क्षेत्रमा सिंचाईको भरपर्दो कुनै योजना छैन् । सिंचाईको असुविधाले खेतीयोग्य जमीन उजाड बन्दै गएको छ । यहाँका किसानले आकाआकाशे पानीको भरमा कृषिकर्म गर्दै आएका छन् ।

व्यापारिक नगरि कृष्णनगर क्षेत्रमा स्नातक तह भन्दा माथि पढाई हुने क्याम्पस सञ्चालन हुन सकेको छैन् । उत्तरी क्षेत्र शिवपुरमा क्याम्पस भएपनि दक्षिणी भेगमा क्याम्पस नहुँदा उच्च शिक्षा लिनबाट यहाँका विद्यार्थी बन्चित छन् ।

सुविधा सम्पन्न अस्पताल नहुँदा यहाँका नागरिकलाई उपचारका लागि समस्या हुँदै आएको छ । उद्योगधन्दा स्थापना भएपनि स्थानीयलाई रोजगारीको समस्या छ । यहाँ सन्चालित अधिकांश उद्योगका कामदार भारतीय रहेको देख्न सकिन्छ ।

यिनै साझा समस्यालाई समाधान गर्ने गरी रजौरिया उम्मेदवार बनेका हुन् । आफूले चुनाव जिते यो क्षेत्रलाई सोचेभन्दा पनि राम्रो बनाउने उनको दाबी छ ।

‘नागरिकका समस्यालाई नजिकबाट नियाल्ने अवसर पाएको छु । चुनावको उम्मेदवार बनिरहदा यहाँको बास्तविक समस्यालाई बुझ्ने मौका पाए । जनताको मोहले राजनीतिमा तान्यो उनी भन्छन्’, ‘रहरले चुनाव लडेको छैन् । जनताको दुखले मन पोले पछि फिल्डमा आएको हुँ ।’

चुनावी अभियानको क्रममै गाउँमै भेटिएका रजौरियाले आफ्नो उम्मेदवारीबारे सुनाए । गएको बैशाख ३० गते सम्पन्न स्थानीय तहको चुनावले आफूलाई यो परिस्थितिमा ल्याएको उनले बताए ।

‘गएको स्थानीय तहको चुनावमा मत माग्न जब गाउँ पुगे । बेग्रेल्ती समस्याका चाङ देखे । व्यवस्था फेरिए पनि नागरिकको अवस्था फेरिएको कतै नपाए पछि अब राजनीतिमा होमिनु पर्छ भन्ने लागेर यात्रा थालेको हुँ । घरमा शौचालयसम्म बनेको छैन् । अरु कुरा छाडौं, शौच गर्नका लागि घाम डुब्नुपर्ने विकराल अवस्था गाउँमा छ । राजनीति भन्दा बाहिर बसेर गाउँको समस्या समाधान गर्ने उपाए देखेन । बाध्य भएर राजनीतिमा होमिएको हुँ, अबको जीवन राजनीतिमा समर्पित गर्छु’, उनले भने ।

चुनावी नतिजा आफ्नो पक्षमा आउने उनले दाबी गरे । जनताले धेरै अनुहारलाई चिनेको भन्दै यो पालि मतदाता सचेत बन्नेमा उनी ढुक्क छन् । विकासमा पछाडी परेको क्षेत्रलाई माथि उठाउनका लागि आफ्नो विकल्प नभएको उनको तर्क छ ।

‘अघिल्ला चुनावमा कतिपयले धेरै बाचा गरेर चुनाव जिते । पटकपटक जनताको मत पाए तर धोका भयो । यो निर्वाचनमा जनता सचेत बन्नेमा म आशावादी छु,’ उनले भने ।

आफ्नो स्वच्छ छवि नै जितको अर्को कारण रहेको उनी बताउँछन् । योग्यता उनको अर्को महत्वपूर्ण पाटो हो । शिक्षा र स्वास्थ्य क्षेत्रमा लामो समय देखि आवद्ध रहेका उनी समाजमा आफ्नो परिवारले गरेको योगदानलाई पनि मतदाताले उत्तिकै हेरेका उनले बताए ।

आफ्नो प्रतिस्पर्धीबारे उनले भने, ‘नो कमेन्ट’ ।

प्रकाशित मिति : २० कार्तिक २०७९ आइतबार ००:००  ८ : ५९ बजे