४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

गोरुसिंगे बजार रात्रिकालिन व्यापारको हवः प्रदेशसभा उम्मेदवार लामिछाने



कपिलवस्तु ।

एमालेबाट प्रदेश सभा सदस्य पदका उम्मेदवार नवराज लामिछानेले गोरुसिंगे बजारलाई रात्रीकालिन व्यापारको हव बनाउन जोड दिने बताउनुभएको छ ।

आइतवार घरदैलो गर्दै जनतासँग रातको समयमा निर्वाद रुपमा खुला हुने गरी रात्री व्यापारको हव बनाउनमा जोड दिने बताउनु भयो ।

उहाँले पालिकाबाट कार्यविधि बनाउने र प्रदेश सरकारले सिसिटिभी क्यामरा जडान, सडक उज्यालो हुने गरी सडक बत्ती जडानका लागि योजना बनाउने प्रतिबद्धता गर्नुभएको छ ।

‘तपाई ढुक्क हुनुस गोरुसिंगे बजारको भविष्य छ ।’ उहाँले भन्नुभयो ।

उहाँले एमालेको सरकार बने पछि पालिकाले चासो नदिएर गुमनाम रहेको गोरुसिंगे प्युठान सडक निर्माणको लागि पहल गर्ने बताउनुभयो । दोस्रो संविधानसभा निर्वाचन पछि गोरुसिंगे, रनगाई मौवावारी, सिद्धरा, जलुके, ऐरावती दरवाङ सडकको अध्ययन गरिएको लामिछानेले बताउनुभयो ।

बुद्धभूमि २ नम्बर वडामा संघीय सांसद बृजेश कुमार गुप्ताको पहलमा पुरेना बक्डरीया सडक अन्तरगत थारु गाउँ छोट्कीडिही र बक्डरीय सडक कालोपत्रे भएको बताउनुभयो ।

गौतमबुद्ध माविमा कम्प्युटर आइटी ल्याव र क्याम्पस भवन निर्माण योजनामा पहल गरेको कारण गुप्तालाई सम्मान समेत गरेको पूर्व वडा अध्यक्ष भेषराज शर्मा खनालले बताउनुभयो ।

प्रकाशित मिति : २१ कार्तिक २०७९ सोमबार ००:००  ६ : ५५ बजे