१ जेष्ठ २०८१, मंगलबार | Wed May 15 2024

रूपन्देही-२ मा वामदेव नेतृत्वको राष्ट्रिय एकता अभियानले एमालेलाई सघाउने



बुटवल ।

वामदेव गौतम नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी राष्ट्रिय एकता अभियानले रूपन्देहीको क्षेत्र नं २ मा नेकपा एमालेलाई सघाउने भएको छ।

अभियानको केन्द्रीय कमिटीको निर्णय अनुसार रूपन्देहीको क्षेत्र नं २ मा नेकपा एमालेलाई सघाउने गरी निर्णय भएको अभियानका केन्द्रीय उपाध्यक्ष महेन्द्र अर्यालले पत्रकार सम्मेलन गरी जानकारी दिए।

हामीले केन्द्रीय कमिटीको बैठकबाट निर्णय गरेर रूपन्देहीको क्षेत्र नं २ मा नेकपा एमालेलाई सघाउने निर्णय गरेका छौं, अभियानका लुम्बिनी प्रदेश ईन्चार्ज समेत रहेका अर्यालले भने।

रूपन्देहीको विकासमा विष्णु पौडेलको भूमिका कसैले पनि अवमूल्यन गर्नु हुँदैन त्यसैले हामीले यो निर्णय लियौुं,अर्यालले थपे।

प्रकाशित मिति : २१ कार्तिक २०७९ सोमबार ००:००  ३ : ४६ बजे