१ जेष्ठ २०८१, मंगलबार | Wed May 15 2024

मंगल गुप्ता भन्छन्ः मतदातालाई छक्याएर नेता खुसी पार्न गठबन्धन भयो



मायादेवी अनलाइन, चन्द्रौटा ।
नेकपा एमालेले कपिलवस्तु प्रतिनिधिसभा ३ मा बृहत भेला सोमबार भएको छ । आसन्न मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गर्दै कृष्णनगर नगरपालिका ८ मा एमालेले भेलाको आयोजना गरेको हो ।

भेलामा एमालेका केन्द्रिय नेता, उम्मेदवार लगायतको सहभागिता रहेको थियो ।

भेलालाई सम्बोधन गर्दै प्रतिनिधिसभा ३ का उम्मेदवार मंगल प्रसाद गुप्ताले सर्वसाधारण अटाउन नसक्ने गठबन्धन भएको बताए ।

नागरिक ठगेर नेतृत्वमा पुग्नको लागि मात्र गठबन्धन भएको उनले आरोप लगाए ।

नागरिकले यसमा विश्वास नगर्ने उनले बताए ।

प्रदेश सभा ‘क’ का उम्मेदवार अर्जुन कुमार केसीलेसमग्र देशको विकास र परिर्वनको लागि एमालेको जित अपरिहार्य रहेको उल्लेख गरे । एमालेले जिते पछि शिक्षा, स्वास्थ्य, कृषि र नागरिकले महशुस गर्ने गरी विकासको छाप छाड्ने दाबी गरे ।

प्रदेश सभा ‘ख’ का उम्मेदवार रजाउ खाँले २०७४ मा एमालेले नेतृत्व गरेका स्थानीय तहमा विकासले फड्को मारेको बताए ।

अब बाँकी विकासको अपेक्षा पुरा गर्न एमालेले जित्नुपर्नेमा उनले जोड दिए ।

भेलालाई एमाले नेता शुशिल कुमार श्रीवास्तब, नेत्रराज अधिकारी, सफर अलि मियाँ, शिव प्रसाद जैसवाल, महादेव पोख्रेल लगायतले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : २१ कार्तिक २०७९ सोमबार ००:००  ६ : ५५ बजे