८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

कोइली पुल बन्ने बाटो अदालतले खोल्योः भलवाडबासीले दिए पन्थीलाई धन्यवाद



मायादेवी अनलाइन, जितपुर ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नंं. ७ र ९ जोड्ने बनगाई मोतिपुर भलवाड डोहोटे सडकको कोईली पुल निर्माणले गति लिने भएसंगै स्थानीयले प्रदेश सासदका उम्मेद्वार बिष्णु पन्थीलाई धन्यवाद दिन थालेका छन् ।

करिव १ दर्जन नागरिकको ज्यान लिएको कोईली खोलाको पुल निर्माण नहुँदा दिनहुँ हजारौ सर्वसाधारणले सास्ती व्यहोर्नु परेको थियो । अझ बर्षायामको बेला आउने बाढीले नागरिको ज्यान संगै वारीपारीको सम्पर्क समेत अवरुद्ध हुने गर्दथ्यो ।

वि.स. २०७७ सालमा तत्कालिन प्रदेश सांसद बिष्णु पन्थी र बाणगंगा नगरपालिकाको पहलमा एमाले नेतृत्वको लुम्बिनी प्रदेश सरकारले डिपिआर तयार गरि सोहि बर्ष ठेक्का सम्झौता समेत भई प्रकृया शुरु भएको थियो ।

पन्थीकै अगुवाईमा एमालेका मुख्य मन्त्री शंकर पोखरेलको नेतृत्वमा रहेको प्रदेश सरकारबाट बजेट विनियोजन भई ९ करोड बढिमा ठेक्का लिएको थियो । निर्माण कार्य समेत सुरु भएको उक्त कोईली पुलको जग्गा विवादका कारण स्थानीयले अदालतमा मुद्धा दायर गर्दा निर्माण कार्य रोकिएको थियो ।

अदालतको आजको अन्तिम फैसलाबाट रोकिएको निर्माणाधीन कोइली खोलाको पुलको अब पुनः निर्माणको काम सुरु हुने भएको छ । निवर्तमान वडा अध्यक्ष ध्रुव बेल्वासे कोइली पुल निर्माण कार्य रोकिदा दुखीत भएका भलवाड बासी अदालतले बाटो खोलिदिएपछि तत्कालिन पन्थीको अगुवाईमा शुरु भएको पुल निमार्ण कार्य सुचारु हुने भएपछि धन्यवाद दिनुभएको छ।

तत्कालिन प्रदेश सांसद तथा प्रदेश सांसद पदका उम्मेद्वार बिष्णु पन्थीले कोईली खोलामा पुल नहुँदा मानवीय क्षती बढ्दै गएको कुरा प्रदेश सरकारमा जोडका साथ माग उठाएका कारण अब पुल निर्माण कार्य अघि बढेको थियो । रोकिएको पुल बन्ने बाटो अदालतले खोलेपछि मतदाताले अहिले पनि बिष्णु पन्थीलाई नै जिताउने बताएका छन् ।

प्रकाशित मिति : २३ कार्तिक २०७९ बुधबार ००:००  ६ : ०४ बजे