४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

दाङ -१ मा मेटमणी र शान्ताबीच रोचक प्रतिस्पर्धा : पहिले‍ सहकर्मी, अहिले प्रतिस्पर्धी



दाङ ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा दाङ क्षेत्र नं १ मा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । गठबन्धनका तर्फबाट नेकपा समाजवादीका नेता तथा सहरी विकास मन्त्री मेटमणि चौधरी र नेकपा एमालेका उम्मेदवार शान्ता चौधरीबीच प्रतिस्पर्धा हुँदैछ।

२०७४ सालको चुनावमा मेटमणि एमालेको उम्मेदवार हुनुहुन्थ्यो । त्यस चुनावमा नेकपा माओवादीसँग तालमेल थियो । मेटमणिले नेपाली कांग्रेसकी सुशीला चौधरीलाई १० हजार ८ सय ३४ मतान्तरले हराउनु भएको थियो । तर अहिले परिस्थिति फेरिएको छ ।

यो पालि अघिल्लो चुनावमा हराएको कांग्रेससहितका दलहरुसँग तालमेल गरेर मेटमणि चुनावी मैदानमा हुनुहुन्छ । शान्ता र मेटमणि यसपालिको चुनावमा आमनेसामने हुनुहुन्छ ।

मतदाताले कसलाई रुचाउने छन् त्यसको फैसला मंसिर ४ ले गर्नेछ । शान्ता चौधरी कमलहरी जीवनबाट राजनीतिमा आउनु भएको हो । समानुपातिक प्रणालीमार्फत् कानुन निर्माण गर्ने तहसम्म पुगेकी शान्ता यसपालि प्रत्यक्ष चुनाव प्रणालीबाट उम्मेदवार बन्नु भएको छ ।शान्ता र मेटमणि दुवै बलिया उम्मेदवार हुन् ।

क्षेत्र नं। १ आदिवासी जनजाती थारु समुदायको बाक्लो बसोबास रहेको क्षेत्र हो । प्रतिनिधि सभा चुनावमा यहाँ ठूला राजनीतिक दलले थारु समुदायका व्यक्तिलाई नै उम्मेदवार बनाएका छन् । यो चुनावमा नागरिक उन्मुक्ति पार्टीको उम्मेदवारीलाई पनि अर्थपूर्ण ढङ्गले हेरिएको छ । यो दलबाट सुरेन्द्र चौधरी चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

क्षेत्र नं।१ मा एमालेले शान्तासँगै प्रदेश सभा सदस्यमा १ ९१० मा गंगाराम भट्टाई, १ ९२० मा कुलबहादुर केसी उम्मेदवार बनाएको छ । गठबन्धनबाट प्रदेश(१ ९१० माओवादीका इन्द्रजित थारु, १ ९२० मा कांग्रेसका अनुराग खड्का उम्मेदवार हुनुहुन्छ । इन्द्रजित चौधरी लुम्बिनी प्रदेशको स्वास्थ्यमन्त्री हुनुहुन्छ ।

प्रतिनिधि सभा चुनावमा मेटमणि र शान्तासहित १२ जना प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति : २४ कार्तिक २०७९ बिहिबार ००:००  २ : ०६ बजे